आर्थिक सहायता योजनाले हिंस्रक अपराधका पीडितहरूलाई मद्दत प्रदान गर्न सक्छ। तपाईंले निम्न लागतहरूको लागि भुक्तानी गर्न मद्दत प्राप्त गर्न सक्नुहुन्छ:
- परामर्श
- चिकित्सा खर्च
- आम्दानीको ह्रास
- अन्य सहायता जसले तपाईंलाई निको हुन मद्दत गर्नेछ।
तपाईंले निम्न कुराहरूका लागि आर्थिक सहायता योजना हेल्पलाइनमा फोन गर्न सक्नुहुन्छ:
- आर्थिक सहायताको लागि आवेदन गर्न मद्दत प्राप्त गर्न
- तपाईंलाई आवश्यक पर्ने कागजातहरू र प्रमाणहरूमा सल्लाह लिन, र
- आवेदनको परिणाम छलफल गर्न।
यदि तपाईंलाई दोभाषे चाहिन्छ भने, तपाईंले कसैलाई हेल्पलाइनमा फोन गरेर दोभाषे माग्न लगाउन सक्नुहुन्छ।
तपाईंले हेल्पलाइनलाई 1800 161 136 मा फोन गर्न सक्नुहुन्छ।
हेल्पलाइन सार्वजनिक बिदाहरू बाहेक सोमबारदेखि शुक्रबार बिहान 8:30 बजे देखि साँझ 5:30 बजेसम्म खुला रहन्छ।
योग्यता
यदि तपाईं भिक्टोरियामा हिंस्रक अपराधबाट पीडित हुनुहुन्छ भने तपाईंले योजनामा आवेदन दिन सक्नुहुन्छ। सो अपराध शारीरिक वा मानसिक चोट वा आघात हुन सक्छ ।
तपाईंले प्रहरीलाई अपराध रिपोर्ट गर्नुपर्छ (तपाईंले प्रहरीलाई रिपोर्ट गर्न नसक्ने विशेष परिस्थितिहरूमा बाहेक)। अपराधीलाई आरोप लगाउन वा दोषी ठहराउन आवश्यक छैन।
घटनाको आधारमा, तपाईंलाई प्राथमिक, माध्यमिक, वा सम्बन्धित पीडितको रूपमा वर्गीकृत गर्न सकिन्छ।
तपाईं प्राथमिक पीडित हुनुहुन्छ यदि:
- तपाईं विरुद्ध अपराध भएको थियो
- तपाईं त्यस्तो बच्चा हुनुहुन्छ जसले अपराध देख्नुभएको, सुन्नुभएको, वा त्यसमा उजागर भएको अनुभव गर्नुभएको छ, वा
- तपाईं अर्को पीडितलाई बचाउन, हिंस्रक अपराध रोक्न वा अपराध गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रयास गर्दा घाइते हुनुभयो।
तपाईं माध्यमिक पीडित हुनुहुन्छ यदि:
- तपाईं अपराधको साक्षी हुनुहुन्थ्यो, वा
- तपाईं घाइते हुनुहुन्छ किनभने तपाईं अपराध पीडित भएको बच्चाको अभिभावक हुनुहुन्छ।
तपाईं सम्बन्धित पीडित हुनुहुन्छ यदि:
- तपाईं हिंस्रक अपराधको कारण मृत्यु भएका प्रियजनको एक नजिकको परिवारको सदस्य हुनुहुन्छ
- तपाईं हिंस्रक अपराधको कारण मृत्यु भएका प्रियजनको आश्रित हुनुहुन्छ, वा
- तपाईं एक हिंस्रक अपराधको कारण मृत्यु भएका प्रियजनसँग घनिष्ठ व्यक्तिगत सम्बन्धमा हुनुहुन्थ्यो।
आर्थिक सहायताले समेटिने अपराधका उदाहरणहरू
- हत्या
- आक्रमण
- बलात्कार
- मार्ने धम्की
- लुटपाट
- लापरवाहीपूर्वक चोट पुर्याउने
- दण्डनीय ढंगले सवारी चलाउने
- यौन अपराध
- चित्रमा आधारित यौन अपराधहरू
- पिछा गर्ने
- अपहरण
- घरेलु आक्रमण
अन्य प्रकारका अपराधहरू आर्थिक सहायताको लागि योग्य हुन सक्छन् तर यहाँ सूचीबद्ध छैनन्।
यस योजनाले निम्न कुराहरूलाई समेट्दैन:
- सम्पत्ति क्षतिको अपराध
- हिंसामा संलग्न नभएसम्म हस्तक्षेप आदेशहरूको उल्लङ्घन।
तपाईंले के प्राप्त गर्न सक्नुहुन्छ?
हरेक व्यक्तिको अवस्था फरक हुन्छ। हामीले तिर्न सक्ने रकम र हामीले तिर्ने चीजहरूको प्रकार निम्नमा निर्भर हुनेछ:
- पीडितको प्रकार – प्राथमिक, माध्यमिक वा सम्बन्धित पीडित
- तपाईं विरुद्ध भएको अपराध
- तपाईंलाई लागेका चोटहरू।
प्राथमिक पीडितले $60,000 (जुन सूचकांक आधारमा वार्षिक रूपमा बढ्न सक्छ) र कुनै विशेष भुक्तानी प्राप्त गर्न सक्छ।
तपाईंले भोग्नु भएको क्षतिको सम्मानमा तपाईं $25,000 सम्मको विशेष भुक्तानीको लागि योग्य हुन सक्नुहुन्छ। यो भुक्तानी हिंसात्मक अपराधको प्रकार र तपाईंको चोटपटकमा निर्भर गर्दछ।
माध्यमिक र सम्बन्धित पीडितहरूले $50,000 सम्म प्राप्त गर्न सक्छन् (जुन सूचकांकको आधारमा वार्षिक रूपमा बढ्न सक्छ)।
समेटिने सेवाहरू
सबै पीडितहरूले निम्न कुराहरूका लागि आवेदन दिन सक्छन्:
- पञ्जीकृत मनोवैज्ञानिक, पञ्जीकृत परामर्शदाता, वा मान्यता प्राप्त मानसिक स्वास्थ्य सामाजिक कार्यकर्तासँगको परामर्श सत्रहरू
- उचित चिकित्सा खर्च, र
- असाधारण परिस्थितिमा तपाईंको सुधारमा मद्दत गर्न लाग्ने अन्य खर्चहरू।
प्राथमिक पीडितहरूले निम्न कुराहरूका लागि पनि आवेदन दिन सक्छन्:
- हिंसात्मक घटना पछि 2 वर्षसम्मको आमदानीको नोक्सान, $20,000 सम्म
- अपराधको कारण क्षतिग्रस्त वा हराएका लुगाफाटाहरू (घडी र गहनाहरू समेटिदैन), र
- सुरक्षा अलार्म र क्यामेरा, मोबाइल फोन, र स्थानान्तरण खर्च जस्ता तपाईंको तत्काल सुरक्षा सुनिश्चित गर्न आवश्यक सुरक्षा वस्तुहरू।
माध्यमिक पीडितहरूले निम्न हरूका लागि पनि आवेदन दिन सक्छन्:
- असाधारण परिस्थितिमा आम्दानीको नोक्सानी।
सम्बन्धित पीडितहरूले निम्न कुराहरूका लागि पनि आवेदन दिन सक्छन्:
- आफ्नो प्रियजनको मृत्युको 2 वर्ष भित्र उनीहरूले आफ्नो प्रियजनबाट प्राप्त गर्ने पैसा, र
- आफ्नो प्रियजनको मृत्युको कारण भएका अन्य खर्चहरू।
तपाईंले आफ्नो आवेदनको मूल्याङ्कन गर्न कुरूञ्जेल तपाईंले यो सहायताको केही रकम तुरुन्त भुक्तानी पाउन सक्नुहुन्छ।
यो तपाईंको कुल भुक्तानीबाट कटाईन्छ र निम्न रकमसम्म तिर्न सकिन्छ:
- चिकित्सा र सुरक्षा खर्चको लागि $5,000
- अन्तिम संस्कार खर्चको लागि $19,627
- परामर्शको लागि 5 सत्रहरू।
अन्त्येष्टि खर्च
यदि तपाईंले हिंसात्मक अपराधको कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टि खर्च तिरेको हुनुहुन्छ भने, त्यस खर्चको क्षतिपूर्ति गर्नका लागि आवेदन दिन सक्नुहुन्छ।
अन्त्येष्टि खर्चहरू प्राथमिक, माध्यमिक, वा सम्बन्धित पीडितहरूले पाउने उपलब्ध अधिकतम रकममा गणना गरिँदैन।
आवेदन दिने
तपाईं अनलाइन आवेदन गर्न सक्नुहुन्छ।
यदि तपाईंलाई आफ्नो आवेदनमा मद्दत चाहिन्छ भने, तपाईंले वकिल, केस वर्कर वा अन्य विश्वसनीय व्यक्तिलाई सोध्न सक्नुहुन्छ। उनीहरूले तपाईंको अधिकृत प्रतिनिधिको रूपमा कार्य गर्न तपाईंले फारम भर्नु पर्छ।
आवेदन गर्नको लागि समय सीमाहरू पनि छन्।
वयस्कहरूले निम्न समय भित्र आवेदन दिनुपर्छ:
- यौन वा पारिवारिक हिंसाको अपराध भएको 10 वर्ष भित्र, वा
- अन्य हिंस्रक अपराधहरूभएको 3 वर्ष भित्र।
यदि हिंसात्मक अपराधमा पारिवारिक हिंसा वा बाल दुर्व्यवहारमा बच्चाहरू पीडित छन् भने उनीहरूका लागि कुनै समय सीमा छैन। अन्य सबै अपराधहरूको लागि, बच्चाले 18 वर्षको भएको 3 वर्ष भित्र आवेदन दिनु पर्छ।
केही परिस्थितिहरूमा, यस योजनाले ढिला आवेदनहरू स्वीकार गर्न सक्छ।
योजनाले निर्णय गरेपछि के हुन्छ?
तपाईंले आफ्नो आवेदनको मूल्याङ्कन पछि निर्णयको लिखित सूचना प्राप्त गर्नुहुनेछ।
यदि तपाईं निर्णयसँग सहमत हुनुहुन्न भने, तपाईं आन्तरिक समीक्षाको लागि आवेदन दिन सक्नुहुन्छ। यो आवेदन निर्णय भएको 28 दिन भित्र गरिनु पर्छ।
तपाईंले आफ्नो आवेदनको नतिजा प्राप्त गरेपछि, तपाईं आफ्नो आर्थिक सहायतामा परिवर्तन गर्न सक्नुहुन्छ, यसलाई 'भिन्नता' भनिन्छ। यस्तो सक्छ किनभने तपाईंको परिस्थिति परिवर्तन भएको हुन सक्छ, वा तपाईंलाई फरक तरिकाले सहयोग चाहिइको हुन सक्छ।
योजनाबाट आर्थिक सहायता प्राप्त गर्ने अपराधका पीडितहरूले अपराधको प्रभावलाई स्वीकार गर्दै र राज्यको संवेदना व्यक्त गर्दै भिक्टोरिया राज्यको तर्फबाट मान्यता विवरण प्राप्त गर्न पनि छनौट गर्न सक्छन्।
अपराध पिडित हेल्पलाइन
यो नि:शुल्क हेल्पलाइन हरेक दिन बिहान 8 बजे - 11 बजे सम्म खुला हुन्छ। जब तपाईं फोन गर्नुहुन्छ तपाईंले निम्न कुराहरू गर्न सक्नुहुन्छ:
- अपराध रिपोर्ट गर्ने बारे सल्लाह लिने
- तपाईंलाई मद्दत गर्न सक्ने अन्य सेवाहरू खोज्ने
- अदालत प्रक्रियाको बारेमा जानकारी प्राप्त गर्ने।
यदि तपाईंलाई दोभाषे चाहिन्छ भने, तपाईंले कसैलाई हेल्पलाइनमा फोन गरेर दोभाषे माग्न लगाउन सक्नुहुन्छ।
फोन गर्नुहोस्: 1800 819 817
Updated